म्याग्दीमा हजुरआमा र नातिनीको हत्या, अर्की एक घाइते

म्याग्दीमा हजुरआमा र नातिनीको हत्या, अर्की एक घाइते

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • म्याग्दीमा हजुरआमा र नातिनीको हत्या, अर्की एक घाइते

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । धारिलो ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी स्थानीय सात वर्षीया प्रियंका गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या दुुई पúेको हो । 
    म्याग्दी प्रहरीका अनुसार, सो घ्नामा परेकी प्रियंकाकी हजुरआमा ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै ज्यान गएको थियो । गम्भिर घाईते प्रियंकालाई तत्काल हेलिकोप्टरबाट पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सोहि क्रममा चिर्पट प्रहारबाट घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त रहेका बताएका छन् । 

    हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार गरिएको थियो । प्रियंकाका भाइ प्रिन्सले भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । लुरवाङको माथि जंगलमा घाँस काट्दै गरेका अमृता र अर्की एक महिलामाथि पनि चिर्पट प्रहार गरिएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँनजिकै एउटा ट्याक्सी पनि तोडफोड गरिएको स्थानीयले बताएका छन् ।

    हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७, बिमवाङबाट स्थानीयले ‘मानसिक सन्तुलन ठिक नभएका’ एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको बताइएको छ । आज तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका निम्ति बेनी अस्पतालमा ल्याइएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij