अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

    काठमाडौं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका 'ए' ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका 'ए' का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका 'ए' का आरिन नदकर्नीले ४ विकेट लिए ।

    अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

    यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले 'क्लिन स्वीप' गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij