हङकङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा टिम घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र

हङकङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा टिम घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • हङकङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा टिम घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र

    काठमाडौं । द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टिम घोषणा गरेको हो ।  

    टोलीमा उनीसहित लोकेश बम, प्रतिश जिसी, राशिद खान, विवेकुमार यादव, नारायण जाेशी र दीपेन्द्र रावतले मौका पाएका छन् । प्रमुख खेलाडी हाल अमेरिकामा रहेकाले क्यानले ‘ए’ टिमका सदस्यलाई हङकङ पठाउन लागेको हो । 

    यस्तै, क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । ज्ञानेन्द्रले यसअघि नेपाल ‘ए’ टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । 

    हङकङ क्रिकेट सिक्सेसमा नेपालले १ नोभेम्बरमा इंग्ल्याण्ड तथा २ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्ने तालिका छ । नेपालले यस प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।  

    हङकङ क्रिकेट सिक्सेस कस्तो प्रतियोगिता ?  

    यो प्रतियोगितामा हासिल गरेका उपलब्धिले अन्तर्राष्ट्रिय मान्यता पाउने छैनन् । यो प्रतियोगितामा एउटा टिमले एक खेलमा समान ५ ओभर बलिङ/ब्याटिङ गर्न पाउँछ । यस्तै, यस प्रतियोगितामा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने नियम छ ।

    प्रतियोगिताको फाइनलमा भने ८ बलको एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनुपर्ने छ । तर, आवश्यकता परे उनी पुनः ब्याटिङका लागि आउन सक्छन् । 

    यस्तै, प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij