काठमाडौ । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका २ सय २८ जनाको परिवारलाई राहत रकम दिएको छ । हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण विपद्मा परी ज्यान गएका प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो ।
विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको जनाइएको छ ।
अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको छ । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८ जनाले, ललितपुरका ४६ मध्ये ४५ जनाले, धादिङका ३६ जनाले, काठमाडौंका १९ जनाले, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ जना मृतक परिवारले राहत पाएका छन् ।
त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ ।
विपद्मा परेर प १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ। यसैगरी सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रभावित पालिकाहरुलाई ५० लाखदेखि १ करोडसम्म राहत रकम उपलब्ध गराउने सरकाले निर्णय गरेको छ।