पहिलो हाफमै माल्दिभ्सविरुद्ध नेपाललाई ४ गोलको अग्रता

पहिलो हाफमै माल्दिभ्सविरुद्ध नेपाललाई ४ गोलको अग्रता

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • पहिलो हाफमै माल्दिभ्सविरुद्ध नेपाललाई ४ गोलको अग्रता

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध एकपक्षीय अग्रता बनाएको छ। दशरथ रङ्गशालामा जारी खेलमा नेपालले कमजोर मानिएको माल्दिभ्सविरुद्ध पूर्णरुपमा हावी हुँदै पहिलो हाफमै ४ गोल गरेको हो।

    नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा प्रीति राईको गोलमार्फत अग्रता बनाएको थियो।

    दोस्रो गोल नेपालले २९ औँ मिनेटमा गर्न सफल भयो। सविता राना मगरले डिबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत हुँदा नेपालले सहज अग्रता बनायो।

    त्यसको ४ मिनेट नबित्दै नेपालले अग्रता ३–० मा पुर्‍यायो। नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्।

    रेखाले नै टिमका लागि ४२ औँ मिनेटमा चौंथो तथा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि पनि नेपाले लगातार माल्दिभ्सको पोस्टमा आक्रमण गरेको थियो।

    सावित्रा भण्डारीलाई आराम दिइएको नेपालले पहिलो हाफमा उनलाई मैदान उतारेको छैन।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij