नेपालद्वारा शृङ्खला कब्जा, अमेरिका ८ विकेटले पराजित

नेपालद्वारा शृङ्खला कब्जा, अमेरिका ८ विकेटले पराजित

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • नेपालद्वारा शृङ्खला कब्जा, अमेरिका ८ विकेटले पराजित

    काठमाडौं । नेपालले टी–२० आई सिरिजमा अमेरिकालाई क्लीन स्वीप गरेको छ। सोमबार अमेरिकाको डालासमा भएको टी–२० शृंखलाको तेस्रो खेलमा  घरेलु टोली अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले श्रृंखला कब्जा गरेको हो।

    जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले आठ बल बाँकीछंदै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। नेपालका लागि आशिफ शेखले अर्धसतक प्रहार गरे । उनले ३९ बलमा २ छक्का र ५ चौका प्रहार गरे। 

    यसैगरी अनिल शाहले १३ रनको योगदान गरे। कुशल मल्ल ४४ रन र कुशल भुर्तेलले ४० रनमा अविजित रहे। मल्लले ३० बलमा १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी भुर्तेलले ३२ बलमा १ छक्का र २ चौका प्रहार गरे। अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १–१ विकेट लिएका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij