काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन् । अमेरिकामा चलिरहेको टी–२० खेलमा शेखले ३८ बलमा ५० रन बनाएर अर्धशतक पुरा गरेका हुन् ।
अहिले नेपाल १० ओभरमा १ विकेट गुमाएर ८३ रनको योगसहित यूएसएविरुद्ध ब्याटिङ गरिरहेको छ ।