अमेरिकासँगको तेस्रो टी–२० क्रिकेटमा टस हारेर बलिङ गर्दै नेपाल

अमेरिकासँगको तेस्रो टी–२० क्रिकेटमा टस हारेर बलिङ गर्दै नेपाल

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • अमेरिकासँगको तेस्रो टी–२० क्रिकेटमा टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडाैं । अमेरिकासँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेको छ । डालासमा घरेलु टोली अमेरिकाका कप्तान मोनन्क पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

    नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

    टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij