सुपर ओभरमा अमेरिकालाई हराउदा नेपालले जित्यो सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउदा नेपालले जित्यो सिरिज

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • सुपर ओभरमा अमेरिकालाई हराउदा नेपालले जित्यो सिरिज

    काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी–२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितसहित एक खेलअगावै सिरिज जितेकाे हो ।

    निर्धारित २० ओभरमा नेपाल र र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए ।

    त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

    नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए ।  यसअघि खेलिएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । तेस्रो टि–२० खेल भने सोमबार विहान खेलिने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij