टस जितेर अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

टस जितेर अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • टस जितेर अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । अमेरिकासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेको छ । डालासमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

    तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।

    यो टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij