मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब बढाएर पुर्यायो १७०० रिङ्गेट

मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब बढाएर पुर्यायो १७०० रिङ्गेट

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब बढाएर पुर्यायो १७०० रिङ्गेट

    काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ ।आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

    सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याएको छ । 

    पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने छ । 

    औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि नै २२९० रिंगेट छ। मेकानिकल इन्जिनियरको तलब ३३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको २९८५ रिंगेट तलब छ।

    नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij