म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

    म्याग्दी । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ ।


    गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजनाअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभारादेखि औँला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नति हुन लागेको हो ।

    पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिए ।

    “सडक निर्माणलाई तीव्रता दिनका लागि वैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “मालिका गाउँपालिका–२, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्वपूर्ण छ ।”

    विस २०७५मा मालिका गाउँपालिकाले अदिभारादेखि डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । गण्डकी प्रदेश सरकारले दश करोड बजेटको स्रोत सुनिश्चित गरेको यो सडक स्तरोन्नतिका लागि गत असार महिनामा एपिसी÷आरआरसी÷पिएनएस जेभीले पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए ।

    आयोजनामार्फत यो सडकलाई ग्राभेल गर्न लागिएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधिन रहेको छ । म्याग्दी १९२० बाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको तुलनामा छोटो पर्ने भएकाले यो सडकलाई लोकमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

    बागलुङको बुर्तीवाङदेखि तमानखोला तर्फपनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij