ट्वान्टी–२० शृंखलामा  अमेरिकामाथि नेपालको सानदार जित

ट्वान्टी–२० शृंखलामा  अमेरिकामाथि नेपालको सानदार जित

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • ट्वान्टी–२० शृंखलामा  अमेरिकामाथि नेपालको सानदार जित

    काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । नेपालले अमेरिका बिरूद्व १७ रनको जित निकालेको हो ।

    शुक्रबार बिहान ड्यालसमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनमात्र बनाउन सक्यो ।

    सयक जाहागिरले अबिजित ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, आन्द्रियस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहलले १६ रन बनाए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै, रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट लिए  । 

    नेपालका कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके । उनले ३३ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन जोडे । गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन थपे । नेपालका करण केसी र आरिफ सेख भने गोल्डेन डक भएका थिए ।

    अमेरिकाका सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मीत सिंहले समान दुई विकेट लिए । अली खान र नोस्थुस केन्जिगेले समान एक–एक विकेट लिए ।

    यी दुई टिमबीच ट्वान्टी–२० शृंखलामा तीन खेल हुने तालिका छ । पहिलो खेलमा जितसँगै नेपालले शृंखलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल अक्टोबर २० र तेस्रो खेल अक्टोबर २१ मा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij