नेपालले यूएसएलाई दियो १६५ रनको लक्ष्य

नेपालले यूएसएलाई दियो १६५ रनको लक्ष्य

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • नेपालले यूएसएलाई दियो १६५ रनको लक्ष्य

    काठमाडौं ।  पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।

    आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमाउन पुग्यो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij