बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

    इनरुवा(सुनसरी) । हालैको बाढीले हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा  उक्त रकम बराबरको क्षति भएको हो ।

     हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ । 

    त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij