भारत र पाकिस्तान बाहिरिंदा न्युजिल्याण्ड सेमिफाइनलमा

भारत र पाकिस्तान बाहिरिंदा न्युजिल्याण्ड सेमिफाइनलमा

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • भारत र पाकिस्तान बाहिरिंदा न्युजिल्याण्ड सेमिफाइनलमा

    काठमाडौं । भारत र पाकिस्तान बाहिंिरदा न्युजिल्याण्ड महिला टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो । 

    न्युजिल्याण्डले चार मध्ये तीन खेलमा जितहतपार्दै ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनाएको हो। न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरिएका छन्। 

    पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर ११० रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको पाकिस्तान ५६ रनमा अलआउट भयो। उसका लागि कप्तान फतिमा सानाले २१ र ओपनर मुनिबा अलीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij