पाकिस्तानको टेस्ट टोलीबाट हटाइए बाबरसहित ४ मुख्य खेलाडी

पाकिस्तानको टेस्ट टोलीबाट हटाइए बाबरसहित ४ मुख्य खेलाडी

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • पाकिस्तानको टेस्ट टोलीबाट हटाइए बाबरसहित ४ मुख्य खेलाडी

    काठमाडौं । जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ ।

    पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको छ।

    पाकिस्तान र इंग्ल्याण्डबीचको मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा पाकिस्तान एक इनिङ्स र ४७ रनले पराजित भएको थियो ।

    यस खेलको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो । यो खेलमा बाबर आजमले खास केही गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।

    दोस्रो र तेस्रो टेष्ट खेलका लागि पाकिस्तानको टोली 

    शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकीपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हम्जा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकीपर), नोमान अली, साम। अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij