काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : उपाधि जित्न चुक्यो नेपाल

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : उपाधि जित्न चुक्यो नेपाल

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : उपाधि जित्न चुक्यो नेपाल

    काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल भएको हो । नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

    पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार बेहोर्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij