काभा यु- २० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

काभा यु- २० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • काभा यु- २० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

    काठमाडौं । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ( काभा) यु- २० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।

    श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३-२ को सेटमा पराजित भएको हो । सुरुआती दुई सेट २३-२५, २१ - २५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट नेपालले आफ्नो पक्षमा पायो । नेपालले २५–२१, २५-२२ ले जित्यो । तर खेलको अन्तिम तथा निर्णायक सेटमा भने नेपाल किर्गिस्तानसँग १७-१९ ले पछि पयो र अन्ततः नेपालले हार बेहोर्यो ।

    नेपालले चार खेलमा सात अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्बेकिस्तानसँग ३-१ सेटको हार बेहोरेको थियो । यता किर्गिस्तानको चार खेलबाट चार अङ्क छ । 

    यसअघि उज्बेकिस्तान र तुर्केमेनिस्तासँग समान ३-० को पराजय बेहोरेको किर्गिस्तानले श्रीलङ्काविरुद्ध ३-२ सेटको जित निकालेको थियो ।

    अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा भोलि तुर्केमेनिस्तासँग खेल्नेछ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij