वर्षाजन्य विपद्ः  ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

वर्षाजन्य विपद्ः  ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • वर्षाजन्य विपद्ः  ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

    पाटन (ललितपुर) । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना(केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए।

    “नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुनःस्थापित गर्न अलि समय लाग्छ”, उनले भने । 

    पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उनले जानकारी दिए। स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij