कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।

    पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजा सहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए ।

    जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशीता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो । जसपा नेपालले कोसी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

    जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij