घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको जनाइएको छ । 

    लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।

    मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएसँगै उनीहरुलाई चिकित्सकहरुले मृत्यु भएको पुष्टि गरेका थिए ।

    घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij