तनहुँ जलविद्यु्त आयोजना : मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

तनहुँ जलविद्यु्त आयोजना : मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • तनहुँ जलविद्यु्त आयोजना : मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

    तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

    बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत ३० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

    आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij