कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

    काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको मंगलबारबाट सुरु गरेको आमरण अनशन जारी छ । विराटनगरको देवकोटा चोकमा दोस्रो दिन बुधबार पनि अनशन जारी रहेको हो । 

    कार्कीले केही समर्थको साथमा अनशनलाई निरन्तरता दिएका छन् । प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र आमरण अनशन सुरु गरेका उनलाई मंगलबार राति प्रहरीले हटाएको थियो । 

    प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो । पछि फर्किएर आएका उनले निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए । निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भयो । त्यस क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ । 

    निषेधित क्षेत्रबाट हट्नका लागि ‘माइकिङ’ गरेर आग्रह गर्दा पनि नमानेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्कीको अनशनमा नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षधर प्रदेश सांसद तथा नेता कार्यकर्ताले साथ दिएका थिए । 

    कार्कीको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लगाइएका स्थानमा मंगलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइयो । सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij