पहिरो खस्दा कर्णाली राजमार्ग पुुनःअवरुद्ध

पहिरो खस्दा कर्णाली राजमार्ग पुुनःअवरुद्ध

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • पहिरो खस्दा कर्णाली राजमार्ग पुुनःअवरुद्ध

    जुम्ला । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।  गए रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij