सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

    चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

    बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए। उनले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए ।

    सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij