काठमाडौंमा आज यो वर्षको हालसम्मकै जाडो

काठमाडौंमा आज यो वर्षको हालसम्मकै जाडो

शुक्रवार, पौष २० २०८०
शुक्रवार, पौष २० २०८०
  • काठमाडौंमा आज यो वर्षको हालसम्मकै जाडो

    काठमाडौं । काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको हो । मौसमविद् प्रतिभा मानन्धरले आज यो वर्ष हालसम्मकै कम तापक्रम मापन गरिएको बताइन ।

    जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम अझ घट्ने सम्भावना रहेको मानन्धरको भनाई छ । बिभागका अनुसारहिजो काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियस थियो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij