काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनकुटाले एक हजार ८३ किलो गाँजा नष्ट गरेको छ । प्रहरीले गएको जेठयता विभिन्न समयमा बरामद गरेको गाँजा आज एकैसाथ धनकुटा नगरपालिका वडा नम्बर ९ मा रहेको तमोर नदीको किनारमा जलाएर नष्ट गरेको प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।
धनकुटाको साँगुरीगढी र शहीदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा उत्पादन हुँदै आएको छ । त्यहाँ उत्पादित गाँजा साँगुरीगढी गाउँपालिका–६ भेडेटार हुदै तराईतिर लैजाने गरिएको पाइएको छ । ढुवानीकै क्रममा प्रहरीले गाँजा बरामद गर्दै आएको छ ।