थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित

थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित

    काठमाडौं । थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो।

    आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक स्थगित गरिएको मौखिक जानकारी बिमस्टेकमा आवद्ध राष्ट्रहरुलाई आएको छ।

    थाइल्याण्डले आन्तरिक राजनीतिक कारण देखाउँदै नेपाललाई पनि बिमस्टेक शिखर सम्मेलन स्थगित गरेको जानकारी दिएको हो। यद्यपी लिखित जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश,श्रीलंका, भुटान र म्यानमार  सदस्य राष्ट्र छन् । परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गरिरहेको थियो। 

    थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि  पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। बंगलादेशमा पनि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन्। सम्मेलनमा सबै राष्ट्रको सरकार प्रमुख जाने तयारी थियो।

    दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij