झापामा कुहिएको अवस्थामा वृद्धको शव फेला

झापामा कुहिएको अवस्थामा वृद्धको शव फेला

शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • झापामा कुहिएको अवस्थामा वृद्धको शव फेला

    काठमाडौं । झापाको गौरीगञ्जमा एक वृद्धको शव कुहिएको अवस्थामा फेला परेको छ । गौरीगञ्ज गाउँपालिका–३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    प्रहरीका अनुसार घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा उनको शव फेला परेको थियो । शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थिए । लगतै प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमकतर्फ पठाइएको थियो । 

    घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा ४–५ दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक दिनहुँ जाँड रक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij