कर्णाली सरकारले शहिद परिवारलाई रोजगारी दिने, शहिदको फोटो प्रदेशका सबै कार्यालयमा राखिने

कर्णाली सरकारले शहिद परिवारलाई रोजगारी दिने, शहिदको फोटो प्रदेशका सबै कार्यालयमा राखिने

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • कर्णाली सरकारले शहिद परिवारलाई रोजगारी दिने, शहिदको फोटो प्रदेशका सबै कार्यालयमा राखिने

    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापनार्थ शहादत प्राप्त गर्ने शहिदका परिवारलाई रोजगारी दिने भएको छ ।

    कर्णाली प्रदेश सरकारको नवौँ स्थापना दिवसका अवसरमा बोल्दै मुख्यामन्त्री यमलाल कडँेलले मन्त्रीपरिषद बाट स्थापनार्थ शहादत प्राप्त गर्ने चारजना शहिदका एक/एक जना परिवारलाई रोजगारी संगै प्रदेश सरकारका सबै मन्त्रालय र मातहतका कार्यालयहरूमा ४ जना सहिदको तस्वीर अनिवार्य राख्ने निर्णय गरेको बताएका छन ।

    उनले चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘प्रदेश मातहतका सबै कार्यालयहरुमा सहिदहरुका तस्बिर राख्ने निर्णय गरिएको छ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij