सबै जिल्लामा हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश

सबै जिल्लामा हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • सबै जिल्लामा हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश
    कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र  प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।  
     
    प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ । त्यसक्रममा मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता,  निगमका इन्जिनियरिङ मरमत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि मङ्गलबार विमानस्थलको अवलोकन गरेका छन् ।
     
    त्यस क्रममा मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताए । आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउँदै शर्माले प्रदेश सरकारले सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको बताए । 
     
    उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने बताए। फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको उनको भनाई थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij