भाद्र ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

भाद्र ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • भाद्र ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    काठमाडाैं । भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो । 

    कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो । 

    उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो । 

    भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहनेछन् । 

    साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij