सिन्धुली बोलेरो दुर्घटना अपडेट : वडा सदस्यसहित तीनजनाको मृत्यु

सिन्धुली बोलेरो दुर्घटना अपडेट : वडा सदस्यसहित तीनजनाको मृत्यु

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • सिन्धुली बोलेरो दुर्घटना अपडेट : वडा सदस्यसहित तीनजनाको मृत्यु

    काठमाडौं । विपी राजमार्गको सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै विहिबार विहान डबल क्याप बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका-६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । 

    बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

    गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो सडकमै पल्टिएको थियो । दुर्घटनाका पाँचजना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । 

    उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij