सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

    कर्णाली । सुर्खेतको हुलाक निर्देशनालय भवन सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ । 

    निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए । “श्रीखण्डपुर–अर्विड जेभी काठमाडौँले विसं २०७९ माघ २३ गते रु पाँच करोड ५२ लाख बजेटमा भवन निर्माणको सम्झौता गरी विसं २०८१ असार २४ गते सम्पन्न गर्ने जिम्मा लिएको थियो,” उनले भने, “तोकिएको मितिमै पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ ।”
     
    सुर्खेतका धेरै सरकारी भवन उपत्यका नगर विकास समितिको जग्गामा बनेपनि निर्देशनालयको भवन सात सय दुई दशमलव ६६ वर्गमिटर क्षेत्रफलको आफ्नै जग्गामा बनेको छ । तोकिएको बजेटबाट पाँच प्रतिशत अर्थात रु २७ लाख रकम बचाएर भवन बनेको उनको भनाइ छ ।

    प्रदेश सरकार गठन भएपछि विसं २०७४ मा हुलाक निर्देशनालय सुर्खेतको भवन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रुपान्तरण गरिएको थियो । त्यसपछि हुलाक निर्देशनालयको कामकाज महिला तथा बालबालिका कार्यालयबाट गरिँदै आएको हुलाक निर्देशक रेखा गौतमले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका– ७ ईत्रामस्थित आफ्नै भवन बनेपछि हुलाक निर्देशनालय यही साउन २० गतेबाट सरेको छ । 

    सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको प्राविधिक सहयोगमा भवन निर्माण भएको हो । नवनिर्मित भवन साँढे तीन तलाको १८ कोठासहित सुविधा सम्पन्न बनेको छ । कर्णाली प्रदेशका दश जिल्ला कार्य क्षेत्र रहेको निर्देशनालयमा उपसचिव निर्देशकसहित ६७ दरबन्दी रहेको र रिक्त दरबन्दीमा करार कर्मचारी परिपूर्ति गरेर काम भइरहेको शाखा अधिकृत सुनिता खत्रीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij