साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

    घोराही(दाङ) ।  साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । 

    गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए। 

    साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij