झापा । बाह्रदशी गाउँपालिका-२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मंगलबार मृत्यु भएको छ ।
मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका-१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएकोमा विएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा च्याङ्बाको मृत्यु भएको हो भने अर्का घाइते श्रवण उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।