पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

    बैतडी । लगातारको वर्षापछि  पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

    बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । “वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ”, उनले भने । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij