बाढीले बगाएको कल्भर्ट नबन्दा आवागमनमा समस्या

बाढीले बगाएको कल्भर्ट नबन्दा आवागमनमा समस्या

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बाढीले बगाएको कल्भर्ट नबन्दा आवागमनमा समस्या
    राजविराज (सप्तरी) । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ ।
     
    गत असार दोस्रो साता वर्षासँगै आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुलको कल्भर्ट भत्काएर बगाएको थियो ।
     
    सो ठाउँमा अहिलेसम्म पुनः निर्माण नहुँदा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । हुलाकी सडकअन्तर्गत पर्ने राजविराज–कञ्चनपुर खण्डमा दैनिक सयौँ सवारीसाधन सञ्चालन हुन्छन् । 
     
    कल्भर्ट पुनः निर्माण नहुँदा सवारीसाधनका साथै पैदल यात्रीलाईसमेत समस्या भइरहेको तिरहुत–२ का अशोक यादवले बताए । उनले भने, “सदरमुकाम राजविराजबाट करिब १३ किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने उक्त खण्डमा पुलमा बाढीले क्षति पुर्‍याएको थियो भने कल्भर्ट बगाउँदा आवागमनमा सास्ती भइरहेको छ ।” राजविराज र कञ्चनपुर कुनै काम विषेशले जानुपरेमा सवारीसाधन आउजाउ गर्न समस्या हुने गरेको उनले गुनासो गरे ।
     
    कल्भर्ट  भत्किएको ठाउँभन्दा तलो भागमा माटो भरेर हलुका सवारीसाधन सञ्चालन गर्न अस्थायी मार्ग बनाइएको भन्दै सामान्य वर्षामा पनि उक्त बाटोबाट मोटरसाईकल, साईकल र चार पाङ्ग्रे सवारी आवागमनमा समस्या भइरहेको स्थानीय विजय महत्मानले बर्ताए । 
     
    मोहुली खोला तथा चन्द्र नहरमा आएको बाढीले क्षति गरेको कल्भर्ट पुनःनिर्माण गरी आवागमन सहज बनाउनेतर्फ सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको सवारी चालक सन्तोष यादवले बताउछन् । सवारीसाधन सञ्चालन हुन नसकेपछि आम्दानी नभएको भन्दै जीविकोपार्जनमासमेत सास्ती हुन थालेको उनले उल्लेख गरे।
     
    असार र साउनमा ठूलो वर्षाका कारण मोहुली खोलामा आएको बाढीले कोशी पम्प चन्द्र नहर सिँचाइ योजनाको निर्माणाधीन संरचना तथा उपकरणसमेत क्षति पुर्‍याएको तिरहुत–२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले जानकारी दिए। उनका अनुसार बाढीले करिब पाँच सय बिघा जमिनमा क्षति पुर्‍याएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij