दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई धरौटीमा रिहा

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई धरौटीमा रिहा

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई धरौटीमा रिहा

    काठमाडौं ।  आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले शुक्रबार यस्तो फैसला गरेको हो ।

     सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो । उनलाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।

    सर्वोच्च अदालतको फैसलाप्रति भाजपाले पनि प्रतिक्रिया दिएको छ । बीजेपीका राष्ट्रिय महासचिव दुष्यन्तकुमार गौतमले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘जमानत पाउनुको अर्थ सफाइ होइन । आज पनि उनी ओरापी नै हुन् ।

    उनले भने, ‘यसको लागि उनलाई सजाय हुनेछ । उत्साहित भएर देश, दिल्ली र अदालतलाई भ्रममा पार्नु आवश्यक छैन ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij