काठमाडौं । जापानमा बिहीबार दिउँसो ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ । जापानको समाचार संस्था एनएचके वर्ल्डका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने जनाएको छ ।
मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो । सुनामी एक मिटरसम्म आउनसक्ने एनएचकेले समाचारमा लेखेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ ।