निर्दोष विद्यार्थी मार्नु परेकामा माफी माग्दै हडतालमा उत्रिए बंगलादेशका प्रहरी

निर्दोष विद्यार्थी मार्नु परेकामा माफी माग्दै हडतालमा उत्रिए बंगलादेशका प्रहरी

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • निर्दोष विद्यार्थी मार्नु परेकामा माफी माग्दै हडतालमा उत्रिए बंगलादेशका प्रहरी

    काठमाडौं । बंगलादेशका प्रहरीहरू हड्तालमा उत्रिएका छन् । देशका हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हड्ताल जारी रहने प्रहरी संगठन बंगलादेश पुलिस सर्भिस एसोसियसन (बीपीएसए)ले बताएको छ ।

    नचाहँदानचाहँदै पनि प्रदर्शनकारीमाथि गोली चलाउन बाध्य पारिएको बीपीएसएको भनाइ छ । बीपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गरिएको बताएको छ । यसको जिम्मेवार माथिल्लो निकायका अधिकारीहरू हुनुपर्ने उसको भनाइ छ ।

    ‘देशले कानुन बनाउँछ, हामी लागू गर्छौं । हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालना गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध,’ विज्ञप्तिमा लेखिएको छ ।

    शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देशभरका ४ सय भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको बीपीएसएको भनाइ छ । बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको छ ।

    बीपीएसएले विद्यार्थीमाथि भएको कारबाही प्रति माफी पनि मागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij