कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा १४ मत मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा १४ मत मात्रै

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत, विपक्षमा १४ मत मात्रै

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत मागेका थिए ।

    उनलाई एमाले र कांग्रेसका २३ सांसदले विश्वासको मत दिएका हुन् । संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा जम्मा १४ मत खसेको थियो ।

    गत साउन ७ गते नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् । २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १४ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

    संघमा सत्ता समीकरण फेरिएसँगै कर्णालीमा पनि एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारी भएको हो ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १३ जना सांसद छन् ।

    सरकारको नेतृत्व गरिरहेको एमालेका सभामुखसहित १० सांसद छन् ।

    राप्रपा र नेकपा (एकीकृत समाजवादी) का एक-एक जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij