बंगलादेशमा तनाव चुलिएपछि राजीनामा दिएर भागिन् प्रधानमन्त्री शेख हसिना

बंगलादेशमा तनाव चुलिएपछि राजीनामा दिएर भागिन् प्रधानमन्त्री शेख हसिना

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • बंगलादेशमा तनाव चुलिएपछि राजीनामा दिएर भागिन् प्रधानमन्त्री शेख हसिना

    काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्। उनी र उनकी बहिनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएका छन् ।

    अहिले प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । उनीहरुले त्यहाँ ढुंगामुढा गरिरहेका छन्।

    बंगलादेशमा जुलाईदेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।

    विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि आन्दोलन जारी रहेको छ । प्रदर्शनले उग्र रुप लिएको छ। उनीहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा मागमा गरेका थिए ।

    हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको छ । गत महिना बंगलादेश सरकारले आन्दोलन नियन्त्रण गर्न सेना परिचालन गरेको थियो । आइतबारदेखि प्रदर्शनकारी विद्यार्थीले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि जनतासँग अपिल गरेका थिए । उनीहरुले सरकारलाई कर तिर्न पनि अपिल गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij