टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण

टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण

आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण
    टेक्सास । नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको संयुक्त राज्य अमेरिकास्थित टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय (कन्सुलर अफिस) स्थापनाका पक्षमा पहल सुरु भएको छ ।  
     
    प्रवासी नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सासको ड्यालसमा कन्सुलर अफिस  स्थापनाका लागि टेक्सासस्थित विभिन्न सङ्घसंस्थाले नेपाल सरकारसँग अनुरोध गर्दैै आएका छन् । 
     
    टेक्सास्थित नेपाली समाज र प्रवासी नेपाली समुदाय तथा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति र नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चले टेक्सासबाट नेपाली दूतावास रहेको स्थान वासिङ्टन डिसी टाढा रहेकाले समय र खर्च बढी लाग्ने भएको अवस्थालाई दृष्टिगतगरी ड्यालसमा कन्सुलर अफिसको व्यवस्था गरिदिन नेपाल सरकारसँग पुनःअनुरोध गरेको छ ।
     
    नेपाली समाज टेक्सासका महासचिव विजय भुसालले वासिङ्टनस्टित नेपाली दूतावासले कहिलेकाहीँ शिविर सञ्चालनगरी कन्सुलर सेवा दिने भए पनि समयको अभाव र सेवा लिने नेपालीको चापका कारण असहज भएकाले ड्यालसमा कन्सुलर अफिस स्थापना होस् भन्ने पक्षमा यहाँस्थित प्रवासी नेपाली समुदायबीच एक मत रहेको बताए ।
     
    महासचिव भुसालका अनुसार टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापना भइदिए टेक्सासका साथै ओक्लोहमा, न्यू मेक्सिोकोलगायत १५ राज्यमा बसोबास गर्ने नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । नेपाली समाज टेक्सासले दुई वर्षदेखि कन्सुलर अफिस स्थापनाका लागि पहल गरिरहेको तर नेपालमा सरकार फेरबदल भइरहने समस्याले गर्दा प्रवासी नेपालीहरुको माग सम्बोधन हुन नसकेको भनी महासचिव भुसालले दुःख व्यक्त गरे ।
     
    नेपालमा नयाँ सरकार गठन भएपछि टेक्सासमा रहेका प्रवासी नेपाली समुदायकोतर्फबाट  प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र सचिव सेवा लम्साललाई यही साउनको पहिलो हप्ता कन्सुलर अफिस स्थापनाका लागि आफूले ज्ञापनपत्र बुझाएको पनि महासचिव भुसालले जानकारी दिए ।
     
    यसैगरी नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति टेक्सास र नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च टेक्सासले पनि कन्सुलर अफिस स्थापनाका लागि राजनीतिक एवं प्रशासनिक रुपमा पहल थालेको स्पष्ट गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij