बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते

आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • बाघको आक्रमणबाट घाइते

    चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । प्रातभ्रमणका क्रममा उनी बाघको आक्रमणमा परेका हुन्।

    भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij