काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।
मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।
२६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।