कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस
    कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । 
     
    दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको  प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए। 
     
    “दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारैजना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,” उनले भने, “तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उनले अगाडि बढाउछन् । सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य छन् ।”
     
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते सरकारबाट समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त रहेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij