कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले चौथो प्रदेश प्रमुखका रूपमा कार्यभार सम्हाल्एका हुन् । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मनुभएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।