बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
    नेपालगञ्ज । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । 
     
    उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन भएको उल्लेख गर्दै कोहलपुर नपा, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिष्टे«सन’को काम भइरहेको बताए । 
     
    “अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ”, उनले भने। जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ । सोमध्ये ५४ हजार तीन सय ३३ जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रका लागि राजिष्टे«सन भएको हो । 
     
    सहायक प्रजिअ माझीले केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको उल्लेख गर्दै उक्त टोलीले २० हजारको रजिष्ट्रेसन गरेको थियो । परिचयपत्र बनाउनेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बढी भएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij